newskoseli.Com

साढे १५ लाखको लागतमा खेलमैदान

पर्वतको महाशिला गाउँपालिका वडा नं. ३ बालाकोटमा  १५ लाख ५० हजार रूपैंयाको लागतमा व्यवस्थित खेलमैदान निर्माण भएको छ ।

बालाकोटस्थित दहमा खेलमैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट गत बर्ष  १० लाख र यो वर्ष ५ लाख गरी कुल  १५ लाख रूपैंया बजेट प्राप्त भएको छ । उक्त खेलमैदान ७० मिटर चौडाइ र १५० मिटर लम्बाइमा बनेको स्थानीय खेलाडी कृष्ण गुरुङले जानकारी दिए।

व्यवस्थित खेलकुद निर्माण गर्नका लागि केही रकम अपुग भएकाले सबैलाई यसमा सहयोग गर्न खेलकुद मैदान निर्माण समितिले आग्रहसमेत गरेको छ । आर्थिक अभावका कारण प्याराफिट निर्माण गर्न समस्या भएको छ ।

खेलमैदानमा फुटबल, भलिबल, बास्केटबल, एथ्लेटिक्सका अन्य खेल सञ्चालन गर्न सहज हुने अर्का खेलाडी रुपेश गुरुङले जानकारी दिए ।

मैदानको अभावमा युवापुस्तामा खेलप्रतिको रुचि कम हुँदै गएका बेला गाउँमै व्यवस्थित खेलमैदान निर्माण भएपछि स्थानीय युवायुवती उत्साहित भएका छन् ।

गुरुङ समुदायको बाहुल्यता रहेको उक्त गाविसमा अधिकांश युवायुवती खेलप्रति रुचि राख्दै आएका छन् । सो खेलमैदानलाई जिल्लाकै नमुना बनाउने तयारी उनीहरुको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर