प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन हिजो मंसिर १० मा सम्पन्न भएको छ । अब मंसिर २१ गतेको दोस्रो चरणको निर्वाचन नजिकिएको छ । दलहरुले यसबीच आ–आफ्नो प्रचारप्रचारमा व्यस्त छन् ।
खासगरी राजधानीको मुटु मानिने काठमाडौ क्षेत्र नम्बर १ को चुनाव रोचक हुने भएको छ । यस क्षेत्रमा कांग्रेसको तर्फवाट प्रतिनिधिसभा सदस्यको लागि प्रकाशमान सिंह, कांग्रेसकै प्रदेशसभा ‘क’ को प्रत्यक्षतर्फको उमेदवार दिपेन्द्र श्रेष्ठ, वामपन्थीबाट माअाेवादी केन्द्रका अनिल शर्मा, विवेकशील पार्टीबाट रविन्द्र मिश्र चुनावी भिडन्तमा छन् ।
काँग्रेशी पक्कडमा रहेको यस क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यको लागि उमेदवार प्रभावशाली नेता प्रकाशमान सिंह र प्रदेशसभा ‘क’ र ‘ख’ का उम्मेद्वार जुझारु युवा नेता दिपेन्द्र श्रेष्ठ बढी जसो चर्चा चुलिएको छ ।
कांग्रेसको तर्फवाट काठमाडौ क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ को प्रत्यक्षतर्फको उमेदवार जुझारु युवा नेता दिपेन्द्र श्रेष्ठ समाजसेवा, राजनीतिमार्फत सबै वर्ग र तहका जनतासँग घुलमील हुने व्यवहार भएका नेता हुन् । फलस्वरुप काठमाडौ क्षेत्र नम्बर १ मा उनी लोकप्रिय समेत मानिन्छन् ।
२०५० सालमा शंकरदेव क्याम्पस नेविसंघको इकाई सदस्य भएर औपचारिक राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ २०५३ सालमा सोहि क्याम्पसको स्ववियु उपसभापति हुँदै सोहि वर्ष माउ पार्टी नेपाली कांग्रेसको क्रियाशिल सदस्य समेत भएका थिए । ०५७, ०५८ र ०६० साल गरी तीन पटक काठमाडौ जिल्ला नेविसंघको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका श्रेष्ठ नेविसंघको केन्द्रीय सह–महामन्त्री र नेपाली कांग्रेस बानेश्वर इकाई सभापति, नेपाली कांग्रेस क्षेत्र नम्बर १ को उपसभापति समेत भइसकेका व्यक्ति हुन् ।
नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि समेत रहेका उनी आन्दोलनमा लागेकै कारण राजद्रोह, सार्वजनिक अपराध अन्र्तगतका मुद्धामार्फत ४ पटकसम्म हिरासत जिवन विताएका छन् ।
काठमाडौ क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ का प्रत्यक्ष तर्फका जुझारु उम्मेद्वार श्रेष्ठले लोकतान्त्रिक गठबन्धनलाई मतदान गरेर बिजयी गराए आर्थिक क्रान्तिको महाअभियान थालनी हुने बताए ।
कृषि देखि पुराना र नयाँ उद्योगहरुको निर्माण तथा नवनिर्माण गर्नुको साथै स्वरोजगारमा राष्ट्रको लगानी हुनुपर्ने श्रेष्ठको धारणा छन् । त्यसैगरी बिदेश पलायन युवाको पहिचान गरि जति सकिन्छ, त्यति प्रभावित क्षेत्रमा राष्ट्रको ध्यानाकर्षण हुनुपर्छ र लगानी पनि हुनुपर्छ– उनी भन्छन् ।
क्षेत्र– १ मा प्रकाशमान सिंह र प्रदेश (क) मा युवानेता दिपेन्द्र श्रेष्ठ उम्मेदवार तथा (ख) मा युवानेता सुरजचन्द्र लामिछाने कांग्रेसको तर्फबाट उम्मेदवार छन् ।
यस्ता छन् प्रदेशसभा उम्मेदवार दिपेन्द्र श्रेष्ठका प्रतिबद्धताः
१) नेपाली कांग्रेसले अबलम्बन गरेको नीति तथा कार्यक्रम जनस्तरसम्म पुर्याउने ।
२) यस प्रदेशको विकासका लागि राष्ट्रिय तह तथा प्रदेशसभाबाट बढीभन्दा बढी बजेट विनियोजन गराउने ।
३) प्रदेशसभामा यस प्रदेशका विभिन्न सम्भावनाहरुको अध्ययन गराई यस प्रदेशमा बसोबास गर्ने जनताको हीतमा विविध विकासका कार्य गर्ने ।
४) नदी किनाराका खोला उकासका जग्गाको लगत तयार गरी ठाउँ ठाउाँमा पार्क निर्माण र रङगीन फोहोराहरु राख्ने ।
५) यस प्रदेशभरिका सडकको स्तराेन्नति गर्ने ।
६) साना ढल तथा मंगलहरु प्राथमिकताको आधारमा फेर्ने ।
७) शहरलाई व्यवस्थित बनाउँदै लैजान सरकारी मापदण्डको पूर्ण पालना गराउने र न्यूनतम एक घर एक रुखको अवधारणामा लैजाने ।
८) यस प्रदेशको फोहोरमैला व्यवस्थापन गर्ने विशेष कार्यक्रम ल्याउने ।
९) यस क्षेत्र भित्र ५ वर्षभित्र दुइवटा बृद्धाश्रम बनाउने ।
१०) सामुदायिक विद्यालयको स्तराेन्नतिका लागि विशेष प्रयत्न गर्ने ।
११) यस क्षेत्र भित्र पर्ने हस्पिटलहरु भरोषा, भेनस, हेम्स, नर्भिक र त्रिपुरेश्वर आँखा अस्पतालमा सम्पूर्ण बासिन्दाहरुलाई अस्पतालसँग समन्वय गरी विशेष छुटको व्यवस्था गर्ने ।
१२) सार्वजनिक जग्गा संरक्षण गर्दै समुदायका हितका लागि यथोचित प्रयोग गर्ने ।
१३) अव्यवस्थित विद्युत, टेलिफोन तथा अन्य केवल इन्टरनेटका तारहरुलाई जमिनमुनीबाट राख्ने राष्टिय योजनालाई यस प्रदेशबाट सुरुवात गराउन पहल गर्ने ।
१४) यस प्रदेशमा बसोबास गर्ने बेरोजगारहरुका लागि विभिन्न व्यावसायिक तालिम गराई रोजगारीमा प्रतिस्थापन गर्ने विशेष कार्यक्रम ल्याउने ।
१५) यस प्रदेश क्षेत्रभित्रका विभिन्न सडकमा सोलार बत्ती जडान गर्ने ।