newskoseli.Com

प्रहरी र म्यादीबीच उग्र झडप, प्रहरीको गोलीबाट म्यादीको मृत्यु

कालिकोटमा नेपाल प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा शुक्रबार एक म्यादीको मृत्यु भएको छ ।

शुक्रबारै बिदाई भएका म्यादी प्रहरीहरुले अरू जिल्लामा म्यादीले धेरै पैसा पाएको हल्ला सुनेर जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त भर्इ झडपले उग्र रूप लिएको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक म्यादीको मृत्य भएको बताइए पनि प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले भने कसैलार्इ ताकेर गोली नहानेको, हवाई फायर मात्र गरिएको दाबी गरेका छन् । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले भने– ‘गोली चलेको छैन, हवाई फायर मात्र भएको हो, झडपका क्रममा ढुंगाले लागेर विवेक ऐडीको मृत्यु भएको छ, उनी म्यादी प्रहरी हुन् कि सर्वसाधारण हुन् भन्नेबारे खुलिसकेको छैन ।’

घाइते हुनेहरुको विवरण आईनसकेको उल्लेख गर्दै म्यादी प्रहरीले अचानक प्रहरी कार्यालय घेराउ गरेपछि झडप भएको प्रजिअ गैरेले बताए । ‘अरु जिल्लामा बिदार्इ हुँदा म्यादीलार्इ बढी पैसा दिइएको भनेर कसले हल्ला फिँजाएछ त्यसअघि पनि केही गुनासो आएन, गुनासो आएको भए छानविन गरेर निष्कर्ष निकाल्थ्यौं’– प्रजिअ गैह्रेले भने ।

म्यादी प्रहरीले एक्कासि कार्यालय घेरेपछि प्रहरीले लाठी, अश्रुग्यास र गोली प्रहार गर्दा एक जनाको मृत्यु भएपछि कालिकोट तनावग्रस्त बनेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर