newskoseli.Com

कालिकोटकाे सदरमुकाममा अनिश्चितकालीन कर्फ्यु

प्रहरीको गोली लागेर एक म्यादी प्रहरीको ज्यान गएपछि तनावग्रस्त बनेको कालिकोट सदरमुकाममा स्थानीय प्रशासनले शनिबार साँझदेखि अनिश्चितकालिक कर्फ्यु लगाएको छ ।

प्रहरीको गोलीले शुक्रबार दिउँसो कालिकोट सदरमुकाममा म्यादी प्रहरीको ज्यान गएपछि म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले घटनाको विरोधमा शनिबार दिनभर प्रदर्शन गरेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । त्यसै कारण प्रशासनले शनिबार साँझदेखि कालिकोट सदरमुकाम मान्ममा अनिश्चितकालिन कर्फ्यु लगाइएको हो ।

प्रदर्शन उग्र बन्दै गएपछि शनिबार पनि प्रहरीले आश्रुग्यास हानेको थियो । प्रदर्शनकारीले बजारमा व्यापक टायर जलाएर प्रदर्शन गरे । म्यादीको मृत्युपछि आक्रोशित प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयका टेबल, कुर्सी र ढोका भत्काइदिएका छन् । प्रदर्शनका क्रममा झडप हुँदा कयौं घाइते भएका छन् ।

आफूहरुको तलब पुलिसका हाकिमले खाइदिएको भन्दै म्यादी प्रहरी शुक्रबारबाट आन्दोलित भएका थिए । आन्दोलनरत म्यादीमाथि जिल्ला प्रहरी कार्यालय नजिकै गोली हानिँदा शुक्रबार रासकोट नगरपालिका– २ का म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको हो । घटनापछि अवस्था बुझ्न ६ नम्बर प्रदेशका प्रशासक सुरेशकुमार प्रधान कालिकोट पुगेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर