मंगलबार बिहानै काठमाडौंको मैतीदेवीमा बस दुर्घटना भएको छ ।
दुर्घटनामा १७ जना घाइते भएका छन् भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कपनबाट कालीमाटी जाँदै गरेको सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मैतीदेवी पुल नजिकैको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेहरूको नर्भिक अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाका प्रत्यक्षदर्शीले न्युजकोसेलीलार्इ बताए अनुसार बिहान साढे ३ बजेतिर नै बस दुर्घटनामा परेको हो । यात्रुले खचाखच बस एक्कासि बिजुलीको पोलमा ठोक्किएर सडकमै पल्टिँदा क्षतविक्षत भएको छ ।