वाम गठबन्धनका युवा नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वर्तमान गतिरोध अन्त्य गर्न आग्रह गरेका छन् ।
युवा नेताहरूले बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेट गरी राष्ट्रियसभा गठन अध्यादेशमा दलहरूबीचको मतान्तरलाई आपसी संवादबाट जति सक्दो चाँडो समाधान गरी नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गराउन आग्रह गरेका हुन् ।
नेकपा (एमाले) का युवानेता योगेश भट्टराई र ठाकुर गैरे, नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेत, देवेन्द्र पौडेललगायतले समसामयिक विषयमा समेत राष्ट्रपतिसँग कुरा गरेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।