नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुङ्गो लगाएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुङ्गो लगाएको हो ।
टुङ्गो लगाइएको नामावली शुक्रबार निर्वाचन आयोगमा पठाउने तयारी गरिएको पार्टी प्रवक्ता पम्पा भुसालले जानकारी दिइन् ।
बैठकमा नयाँ सरकार गठनलगायत समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको पनि उनले जानकारी दिइन ।
माओवादीले छानेका समानुपातिक सांसदहरुको सूची हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्–
को–को हुन् माओवादीका ३५ समानुपातिक सांसद ? (नामावलीसहित)