चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण विष्ट र अर्का कार्यकर्ता भुवनप्रकाश विष्ट शुक्रबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुमलटारस्थित आफ्नै निवासमा उनीहरूलाई पार्टी प्रवेश गराए । त्यस अवसरमा वाम गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको युग सुरू भएको भन्दै अध्यक्ष प्रचण्डले सबै कम्युनिस्ट पार्टीलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताए ।
नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने उद्देश्यले आफू माओवादी केन्द्रमा प्रवेश गरेको राजमो अध्यक्ष लक्ष्मणले बताए ।