नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।
मंगलबार अपराह्न प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र राजनीतिक सहमतिका आधारमा मात्र प्रदेश प्रमुखको नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी अध्यक्ष प्रचण्डका पेस संयोजक मनहरि तिमल्सिनाले दिएका छन् ।
भेटमा अध्यक्ष प्रचण्डले सरकार र निर्वाचन आयोगले बिलम्ब गर्दा नयाँ सरकार गठनमा ढिलाई भएको भन्दै छिटोभन्दा छिटो राष्ट्रियसभाको निर्वाचन गराउन र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले छिट्टै राष्ट्रियसभाको निर्वाचन गर्न आफूले निर्वाचन आयोगसँग परामर्श गर्न लागेको जानकारी दिँदै राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने जानकारी अध्यक्ष प्रचण्डलार्इ गराए ।