सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा सेनाको प्रवक्ताको जिम्मेवारी बुधबारदेखि सहायकरथी गोकुल भण्डारीले सम्हालेका छन् ।
बुधबार निर्देशनालयमा आयोजित कार्यक्रममा सहायकरथी नैनराज दाहालले सहायकरथी भण्डारीलाई कार्यभार हस्तान्तरण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सो अवसरमा करिव तीन महिना जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सबै सञ्चार संस्था तथा सञ्चारकर्मीबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि सहायकरथी दाहालले आभार प्रकट गरे ।
आफ्नो कार्यकालमा नेपाली सेना र पत्रकार जगतबीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बनाउँदै लैजान आफू प्रतिबद्ध रहेको सहायकरथी भण्डारीले बताए ।