झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा आइतबार बिहान सार्वजनिक मुद्दाका एक अभियुक्त मृत फेला परेका छन् ।
गौरीगञ्ज गाउँपालिका– ३, सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवको शव बिहान शौचालयमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यादव १८ दिनदेखि सार्वजनिक मुद्दामा अनुसन्धानकै क्रममा हिरासतमा थिए । उनीसँगै हिरासतमा अन्य दुई कैदी समेत रहेको बताइएको छ । यादवले आत्महत्या गरेको इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक नारायण गौतमले बताए ।