newskoseli.Com

बाबुराम पोखरेलेको सम्मानमा मंगलबार निजी विद्यालय बन्द

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालले मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ ।

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधनमा प्याब्सनको आइतबार बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिएका हुन् । प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

बैठकले मंगलबार, बुधबार र बिहीबार ३ दिनसम्म प्याब्सनकाे झन्डा झुकाउने समेत निर्णय गरेको उनले बताए । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने पनि निर्णय गरेको छ ।

डा. पोखरेल मुटु रोगबाट पीडित थिए । प्याब्सनका सल्लाहकार समेत रहेका ६७ वर्षीय डा. पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताए । डा. पोखरेल भीएस निकेतन (विनायकसुधा निकेतन) का संस्थापक प्रधानाध्यापक समेत हुन् ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर