newskoseli.Com

भारतीय सर्वोच्च अदालतमा पनि लफडा : प्रधान न्यायाधीशविरुद्ध ४ न्यायाधीशको पत्रकार सम्मेलन

नेपालको सर्वोच्च अदालत र प्रधान न्यायाधीश चर्को लफडामा फसिरहेका बेला भारतीय सर्वोच्च अदालत र प्रधान न्यायाधीश पनि लफडामा फसेका छन् ।

भारतीय सर्वोच्च अदालतका चार न्यायाधीशले पहिलो पटक प्रधान न्यायाधीशको विरोध गर्दै पत्रकार सम्मेलन आयोजना गरेका छन् । सर्वोच्चका चार न्यायाधीशले प्रधान न्यायाधीशको काम–कारबाहीप्रति असन्तुष्टि जनाउँदै राजधानी नयाँदिल्लीमा पत्रकार सम्मेलन गरेका हुन् ।

प्रधान न्यायाधीशविरुद्ध सर्वोच्चकै न्यायाधीश यसरी सार्वजनिक रूपमा भारतीय न्याय इतिहासमै पहिलो पटक उत्रिएका हुन् । न्यायाधीशहरू जे चलामेशेरम, रञ्जन गोगोई, मदन लोकुर र कुरियन जोसेफले प्रधान न्यायाधीशविरुद्ध पत्रकार सम्मेलन गरेका हुन् ।

‘सर्वोच्चको प्रशासन ठीक तरिकाले चलिरहेको छैन, यसलाई ठीक बनाउन हामीले धेरै कोशिश गर्‍यौं तर केही भएन’, पत्रकार सम्मेलनमा बोल्दै न्यायाधीश जे चलामेश्वरमले भने– ‘आज बिहान पनि हामीले प्रधान न्यायाधीशलाई भेटेका थियौं, हामीले यो सब किन भनिरहेका छौं भने भोलि हामीलाई आफ्नो आत्मा बेचेको आरोप नलागोस् ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर