newskoseli.Com

समायोजनमा नजाने कर्मचारीलाई स्वेच्छिक अवकाशको तयारी

सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी गरेको छ ।

मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी थालिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताएका छन् । कर्मचारी समायोजन ऐन, २०७४ कार्यान्वयन भएको तीन महिनाभित्रमा समायोजनमा नजाने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रावधान अनुसार मन्त्रालयले अवकाशको तयारी थालेको हो ।

अवकाशका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुअघि स्वीकृतिका लागि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । निजामती कर्मचारीलाई तीन तहमा समायोजन गरेर पठाउने तयारी गरिएको छ भने समायोजनमा नजाने कर्मचारीलाई पेन्सनबापत एकमुष्ठ सात वर्षको रकम दिने प्रस्ताव गरिएको छ ।

समायोजन नियमावली पारित भइसकेपछि मन्त्रालयले कर्मचारी समायोजन गर्ने तयारी गरेको हो । अहिले सो नियमावली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

कार्यरत पदमा ज्येष्ठताका आधारमा, संघ, प्रदेश र स्थानीय तहको रोजाइ र स्थायी बसोबासको ठेगाना तथा नागरिकताका आधारमा समायोजन गर्ने आधार मन्त्रालयले तयार पारेको छ । अहिले करिव ८३ हजार निजामती कर्मचारी छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर