महानगरीय प्रहरी कार्यालय, परिचालन कक्ष रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक असर्इ रेशमबहादुर खड्का ३ लाख रूपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्युजकोसेलीलार्इ प्रेषित गरेको विज्ञप्तिअनुसार असर्इ खड्काले काठमाडौं महानगरपालिका– ३२, पेप्सिकोलास्थित स्किम बचत तथा ऋण सहकारी संस्थाले आफू घाटामा गइसकेपश्चात सञ्चालकको तर्फबाट गरिएको ग्यारेन्टी कागज आफैंसँग राखी उक्त कागज उपलब्ध गराउन बार्गेनिङ गरिरहेका थिए ।
असर्इले सेवाग्राहीसँग घुस रकम माग गरिरहेको उजुरी एवं सूचनाको आधारमा आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले उनलार्इ ३ लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा बालाजु, माछापोखरीबाट सोमबार नियन्त्रणमा लिर्इ अनुसन्धान गरिरहेको छ ।