newskoseli.Com

अनुराधाको नागरिकता विवाद अझै कायमै ! (नागरिकताको प्रतिलिपीसहित)

हालै मात्र नेपाल सरकारद्वारा ३ नं. प्रदेशकी प्रदेश प्रमुख नियक्त भएकी माइती नेपालकी संस्थापक अनुराधा कोइरालाको नागरिकताबारे अझै पनि सामाजिक सञ्जालमा बहस–विवाद जारी छ ।

कोइरालालाई प्रदेश प्रमुख नियुक्त गर्ने चर्चा चलेसँगै उनी भारतमा जन्मेकी भन्दै उनीसँग नेपाली नागरिकता भएकोमा केहीले शंका व्यक्त गरे । यदि अनुराधासँग नेपाली नागरिकता नै भए पनि अंगीकृत हुन सक्ने अड्कालबाजीले सामाजिक सञ्जाल रंग्याइयो ।

हालै सामाजिक सञ्जालमा अनुराधा कोइरालाको नागरिकताको ‘स्क्यान कपी’ नै भेटिन थालेको छ, जसअनुसार उनले २०५० पुस ६ मा वंशजकै आधारमा नेपाली नागरिकता पाएको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंद्वारा जारी उनको नागरिकतामा पतिको नाम दिनेशप्रसाद कोइराला उल्लेखित छ । अनुराधाको जन्मस्थान चाहिँ रुम्जाटार गाउँ पञ्चायत वडा नं. ३, ओखलढुंगा जिल्ला उल्लेखित छ । नागरिकता अनुसार उनको ठेगाना भने काठमाडौं– १० उल्लेखित छ ।

२०४६ मै पञ्चायत ढलिसकेर गाउँ पञ्चायतको सट्टा गाउँ विकास समिति (गाविस) कायम भइसकेकोमा वि.सं. ०५० सालमा र त्यो पनि काठमाडौंजस्तो राजधानी जिल्लाबाटै जारी नागरिकतामा गाउँ पञ्चायत कसरी भयो भनेर अहिले सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर