newskoseli.Com

माओवादीका राष्ट्रियसभा उम्मेदवार नेतात्रयले टुङ्ग्याउने

राष्ट्रियसभाका उम्मेदवार चयन गर्न बसेको माओवादी केन्द्रका शीर्ष नेता र प्रदेश इन्चार्जहरुको बैठकले उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिने अधिकार तीन शीर्ष नेतालाई प्रदान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार दिउँसो बसेको बैठकले नामावलीलाई अन्तिम रुप दिने अधिकार अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ लाई प्रदान गरेको हो । मंगलबार बस्ने शीर्ष नेताहरुको बैठकले वाम गठबन्धनभित्र माओवादी केन्द्रको भागमा परेका १४ उम्मेदवार चयन गर्नेछ ।

सोमबारको बैठकमा प्रदेश इन्चार्जहरुले प्रत्येक एक पदका लागि तीन–तीन जनाको नाम सिफारिस गरेका छन् । मंगलबार बस्ने शीर्ष नेतात्रयको बैठकले प्रदेशबाट सिफारिस भएका नामसहित प्रदेशको सिफारिसमा नपरेका तर केन्द्रीय भूमिकामा रहेका नेताहरुको नाममाथि समेत छलफल गरेर उम्मेदवार चयन गर्ने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर