newskoseli.Com

ओली–प्रचण्ड दुवै सहअध्यक्ष, ३ र २ वर्षमा प्रधानमन्त्री आलोपालो

पार्टी एकताको अन्तिम गृहकार्यमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी नेतृत्वको प्रमुख पद र भागबन्डामा सरकारको नेतृत्व गर्ने विषयमा सहमति जुटेको छ ।

दुवै पार्टीका अध्यक्षबीच जुटेको यो सहमतिलाई अन्तिम रुप दिन ललितपुरमा पार्टी एकता संयोजन समितिको बैठक जारी छ । संयोज समितिको बैठकअघि बुधबार अपराह्न एमाले स्थायी कमिटी र माओवादी केन्द्रीय कार्यालयका छुट्टा(छुट्टै बैडक बसेका थिए । त्यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ‘वान–टु–वान’ वार्तामा थिए ।

दुवै अध्यक्षले आ–आफ्नो पार्टीका शीर्ष तहमा यसबीच भएका सहमतिहरू जानकारी गराएर तिनलार्इ अनुमोदन गराएका छन् । एमाले–माओवादी नेताहरूले बताएअनुसार एकतापछि बन्ने एकीकृत पार्टीमा केपी ओली र प्रचण्डले संयुक्त रूपमै नेतृत्व गर्नेछन् । त्यसैगरी पहिलो ३ वर्ष केपी ओली र त्यसपछिको २ वर्ष प्रचण्ड प्रधानमन्त्री बनेर सरकारको नेतृत्व सम्हाल्नेछन् ।

केपी ओली निकट नेताहरूले द्विअध्यक्ष प्रणालीमा सहमति नजिक पुगिएको बताएका छन् भने प्रचण्ड निकट नेताहरूले दुवै जना सहअध्यक्ष बन्नेगरी कुरा टुंगिनै आँटेको बताएका छन् । द्विअध्यक्ष वा दुवै जना सहअध्यक्ष भन्ने विषयलार्इ पार्टी एकता संयोजन समितिको बैठकले टुंग्याउने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर