newskoseli.Com

प्रचण्ड चुनिए माओवादी केन्द्र संसदीय दलको नेता

नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टीका अध्यक्ष एवं सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनिएका छन् ।

आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चुनेको हो । सोही बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका समानुपातिक सांसदहरुलाई प्रमाणपत्र समेत वितरण गरे ।

पहिलो पटक बसेको संसदीय दलको यस बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गर्ने भनिएको एकता प्रक्रियाको विकासक्रमबारे संक्षिप्त जानकारी समेत गराए ।

एकतालार्इ निष्कर्षमा पुर्‍याउने प्रयासस्वरूप आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार पनि छलफल गर्ने जानकारी पनि प्रचण्डले बैठकमा दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर