newskoseli.Com

राष्ट्रपतिले नियुक्त गरिन् राष्ट्रियसभाका ३ सदस्य

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जनालाई राष्ट्रियसभामा मनोनीत गरेकी छन् ।

राष्ट्रियसभामा मनोनीत गर्न सरकारले सिफारिस गरेको केही घन्टाभित्रै राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडा, अधिवक्ता रामनारायण बिडारी र डा. विमला पौड्याललार्इ राष्ट्रियसभाको सदस्यमा मनोनीत गरेकी हुन् । मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले उनीहरूलार्इ मनोनीत गर्न सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चूडालद्वारा न्युजकोसेलीलार्इ प्रेषित विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम ३ जनालार्इ राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको उल्लेख छ ।

देउवा सरकाले राष्ट्रियसभाको सदस्यमा नियुक्तिका लागि यसअघि गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेललारको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । केपी ओली नेतृत्वको नवगठित सरकारले देउवा सरकारको उक्त निर्णयलाई बदर गर्दै नयाँ सिफारिस गरेलगत्तै राष्ट्रपतिले मनोनीत गरेकी हुन् ।

यी ३ सदस्यको नियुक्तिसँगै राष्ट्रियसभाले पूर्णता पाएको छ । प्रत्येक प्रदेशबाट ८–८ जनाका दरले चुनिएर आएका ५६ जना र राष्ट्रपतिद्वारा मनोनीत ३ जना गरी राष्ट्रियसभामा जम्मा ५९ जना सांसद रहने संवैधानिक व्यवस्था छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर