newskoseli.Com

धम्कीपूर्ण पोस्ट गरेपछि नेविसंघ केन्द्रीय सदस्य कर्‍याप्प

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं युवा परिषदका जिल्ला अध्यक्ष राजाबाबु साह कलवार पक्राउ परेका छन् ।

समाचारको विषयमा इन्टरनेटको सामाजिक सञ्जालमा धम्कीपूर्ण पोस्ट गरेको अभियोगमा प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो । आफ्नो विषयमा समाचार लेखेको भन्दै उनले पत्रकार सञ्जय मिश्रविरुद्ध फेसबुकमा लेख्दै आएका थिए ।

पत्रकार मिश्रले दिएको लिखित उजुरीका आधारमा उनलाई गरिएको जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी रामकुमार दानीले जानकारी दिएका छन् । कटहरिया नगरपालिका– ५ का साह विद्यार्थी राजनीतिकर्मीका साथै निजी विद्यालयका सञ्चालक समेत हुन् ।

फतुआ विजयपुरस्थित विजयपुर माविका प्रधानाध्यापक सुदामा यादवसँगको मिलोमतोमा २०७३ असोजदेखि साह उक्त विद्यालयमा शिक्षकका रुपमा समेत कार्यरत थिए । तर, उनले सो विद्यालयमा कामै नगरी तलब मात्र खाँदै आएको खुल्न आएको थियो । उक्त विषय खुलासा भएपछि साहले सामाजिक सञ्जालमा मिश्रविरुद्ध गालीगलौज र धम्कीपूर्ण अभिव्यक्ति पोस्ट गर्दै आएका थिए ।

गालीगलौज र धम्कीपूर्ण अभिव्यक्ति पोस्ट हुन थालेपछि नेपाल पत्रकार महासंघको जिल्ला शाखा, प्रेस चौतारी र प्रेस सेन्टरले छुटाछुटै विज्ञप्ति जारी गर्दै साहमाथि कारबाहीको माग गरेका छन् । साहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर