newskoseli.Com

ट्रमा सेन्टरबाट हाम्फालेर अमेरिकनको मृत्यु

वीर अस्पतालस्थित ट्रमा सेन्टरको छैटौं तलाबाट हाम फालेर आइतबार एक अमेरिकन नागरिकले ज्यान गुमाएका छन् ।

४५ वर्षीय जोन भन्ने अमेरिकन नागरिकलाई ‘ओभर स्टे’ बसेको भन्दै केही दिन अघि अध्यागमनले नियन्त्रणमा लिएको थियो । जोनले १६ चैतमा अध्यागमनको हिरासतमै आफ्नो घाँटी काटेका थिए ।

त्यसपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । आइतबार साँझ उनी अस्पतालमा सुरक्षामा बसेका २ प्रहरीलाई धकेलेर हाम फालेको प्रहरीको भनाइ छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर