नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले आम कार्यकर्ता र जनसमुदायको चाहना अनुरुप पार्टी एकता प्रक्रियालाई यथाशिघ्र चाँडो सार्थक निष्कर्षमा पुर्याउन आग्रह गरेको छ ।
आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा बुधबार सम्पन्न दुईदिने बैठकले एकता प्रक्रिया शिघ्र टुंग्याउन दुवै पार्टीका नेतृत्व तहलाई आग्रह गर्दै गम्भीर ध्यानाकर्षित गरेको छ ।
बैठकले बजारमा सिर्जना भइरहेको मनपरीतन्त्र, बीचौलिया, मुनाफाखोर र सरकारी नियमन निकायको उदासिनताका कारण भइरहेकाे अत्यावश्यक वस्तुको मूल्यवृद्धि अन्त्य गरी सर्वसुलभ व्यवस्थापनका निम्ति सरकारसँग अनुरोध गरेको छ ।
बैठकले आयोगका कामकारबाही व्यवस्थित गर्न ८ सदस्यीय सचिवलाय गठन गरेको छ । नवगठित सचिवालयमा अमृतकुमार बोहरा, शिवबहादुर देउजा, भरत पहाडी, भोजराज जोशी, शान्ति खनाल, निर्मल सुवेदी, कर्णबहादुर घले र चक्रबहादुर पराजुली रहेका छन् । रासस