newskoseli.Com

गायिका आनीछ्योइङले प्रधानमन्त्रीलाई दिइन् १ करोड ! ‘तुइन विस्थापनका लागि’ सहयोग…

 

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको ‘तुइन विस्थापन कार्यक्रम’ का लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले एक करोड रूपैयाँ सहयोग हस्तान्तरण गरेकी छन् ।

बुधबार राति नेपाल टेलिभिजनबाट प्रशारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन् । उक्त रकमले एउटा मात्र भए पनि झोलुङ्गे पुल बन्न सकोस् भन्ने कामना उनले गरिन् ।

लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन प्रधानमन्त्रीलाई शुभकामना समेत गायिका शेर्पाले दिइन् । सहयोग ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलब थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गरे ।

कार्यक्रम प्रस्तोता मनोज पाण्डेले पनि आफ्नो तर्फबाट कोषमा ५० हजार रुपैयाँ सहयोग दिने घोषणा गरे । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालको पदबहालीका दिन मुलुकभरका सबै तुइन विस्थापन गर्ने घोषणा गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर