धुलिखेल नगरपालिका– ६, ‘बेइजिङ प्लान्ट’ नजिकै बिहीबार यात्रुबस पल्टिँदा २८ जना घाइते भएका छन् ।
भकुण्डेबाट बनेपा आउँदै गरेको हिमाल–तराई यातायातको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहानको समय भएकाले ३३ जना यात्रु बोको उक्त बसमा अधिकांश कलेज पढ्न हिँडेका विद्यार्थीहरु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविराज खड्काले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक खड्काका अनुसार घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ । घाइतेहरू सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।