newskoseli.Com

कारागार नै डुबानमा, के भयो कैदी–बन्दीको हालत ?

 

केही दिनदेखि भीषण वर्षाका कारण महोत्तरी, धनुषा र सर्लाहीको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ ।

आइतबार रातिको मुसलधारे वर्षाका कारण सोमबार बिहान जलेश्वर कारागार बिहान डुबानमा परेको छ । १ सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका– २ स्थित सबैभन्दा गहिरो स्थानमा अवस्थित छ । वर्षाका बेला यो कारागार पटक–पटक डुबानमा पर्ने गरेको जेलर शोभेन्द्र ठाकुरले बताए ।

वर्षाका कारण कारागारको प्राङ्गणभित्र तथा बाहिर चारैतिर पानी भरिएको छ । कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ । कारागारको भित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानीभित्र प्रवेश गरेको चौकीदार श्रीनारायण महतोले बर्ता ।

आगलागीमा ८ लाखको क्षति

त्यसैगरी, महोत्तरीको मटिहानी नगरपालिकाको एक घरमा सोमबार बिहान भीषण आगलागी हुँदा ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मटिहानी नगरपालिका– ८ बस्ने विपीनकुमार लाल कर्णको घरमा भएको आगलागीमा उक्त क्षति भएको हो ।

विद्युत् सर्ट भई बिहान करिव ३–४ बजे कर्णको घरमा आगलागी भएको थियो । आगलागीमा उनको घरभित्रका नगद, गरगहना, अन्न, लत्ताकपडा, भाडाकुँडा, टेलिभिजन, मोबाइलसहितका सामग्री जलेर नष्ट भए । कर्णको घरमा भएको आगलागी नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा नियन्त्रणमा लिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर