newskoseli.Com

चाइनिज पेस्तोलसहित तीनकुनेबाट ७ जना कर्‍याप्प !

 

महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार राजधानीको तीनकुनेबाट एक थान चिनियाँ पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई तीनकुनेस्थित ‘ए–वान रेस्टुरेन्ट’ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको साथबाट चार राउन्ड गोली समेत बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिए । पक्राउ पर्नेमा खोटाङ हलेसीका २१ वर्षीय भूपेन्द्र राई, भोजपुर खावाका २३ वर्षीय सनित राई, सोलुखुम्बु तम्बुका २६ वर्षीय मिङ्मा शेर्पा, काभ्रे कोशीपारिका ३५ वर्षीय राजु भण्डारी, भक्तपुर ठिमीका १८ वर्षीय सुरेश श्रेष्ठ, चितवन भरपुरका २३ वर्षीय रोनिक श्रेष्ठ र रामेछाप डोरखानीका २६ वर्षीय सुजन थापा मगर रहेका छन् ।

बानेश्वर, कोटेश्वर, काँडाघारी क्षेत्रका होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीलाई धम्की दिई रकम असुल्दै हिँड्ने गरेको सूचनाका आधारमा खोजतलास गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सातै जना पटकपटक विभिन्न अपराधमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका– १७, क्षेत्रपाटीबाट दुर्लभ वन्यजन्तुका १३ थान हड्डी र ३० हजार रुपैयाँ सहित दुई चिनियाँ नागरिकलाई पनि पक्राउ गरेको छ । बा ७२ प ८६०२ नम्बरको स्कुटरमा सवार चिनियाँ नागरिक १८ वर्षीय जाविइ र १९ वर्षीय झाङ युएइनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर