कञ्चनपुरको महाकाली नगरपालिका– ६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झुण्डिएर शुक्रबार एकैसाथ आत्महत्या गरेका छन् ।
आफ्नै सुत्ने कोठामा झुन्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधराचाँदनीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयबाट घटनास्थल पुगेका प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमान्–श्रीमती अलग–अलग चुन्नीमा झुन्डिएको अवस्थामा भेटिएको बताए । मृतकका भाइले दाइ–भाउजू झुन्डिएको झ्यालबाट देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकहरुको गत जेठमा विवाह भएको थियो । रासस