नारायणगढ–मुग्लिन सडक खण्डमा शनिबार बिहानै बस र ट्रक एकापसमा ठक्कर खाँदा २८ जना घाइते भएका छन् ।
दाङबाट काठामाडौं जाँदै गरेको ना ७ ख ७३३५ नम्बरको बस र मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे एकापसमा जुधेका थिए । बसमा रहेका यात्रुमध्ये घाइते २४ जनाको पुरानो मेडिकल कलेजमा र ४ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्रक चालकलाई प्रहरी नियन्त्रणमा जुगेडीस्थित चौकीमा राखिएको छ । रासस