कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला परेको छ । गोलबजार नगरपालिका– ४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको हो ।
सिरहा औरही गाउँपालिका तुलसीपुरका १४ वर्षीय कृष्ण महतोको शव आइतबार नै फेला फेला परेको थियो । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका तीनैजना आइतबार डुबेर बेपत्ता भएका हुन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गर्ने क्रममा महराको शव भारतीय सीमा क्षेत्रको बजार जयनगर नजिक तथा राउतको शव कर्जन्हा नगरपालिका– ७ कमला नदी किनारमा फेला परेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
चार जनाको समूहमा कमला नदीको जल भर्ने क्रममा डुबेका एक बालकको स्थानीयवासीले तत्कालै उद्धार गरेका थिए ।