newskoseli.Com

फोहर फाल्दा छतबाट खसेर ३० वर्षीया सिर्जनाको मृत्यु

फोहर फाल्ने क्रममा घरको छतबाट खसेर बिहीबार एक महिलाको मृत्यु भएको छ ।

विदुर नगरपालिका– १, ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको छतबाट खसेर मृत्यु भएको हो ।

फोहर सङ्कलन गर्ने गाडी आएपछि फोहर फाल्न उनी घरको छतमा चढेकी थिइन् । छतमा कुर्सीमाथि चढेर फोहर फाल्न खोज्दा चिप्लिएर ढुङ्गाना सडकमा खसिन् ।

गम्भीर घाइते उनलाई उपचारका निम्ति त्रिशूली अस्पतालमा लगियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर