थारु कल्याणकारी सभा, रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । दुई दिनसम्म सैनामैनामा चलेको नवौं अधिवेशनले सतिषकुमार चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको सदस्यहरूमा चन्द्रमान चौधरी, बुद्धिराम चौधरी, करमचन्द चौधरी, सरिता चौधरी, केशव चौधरी, सत्यनारायण चौधरी, लक्ष्मी चौधरी, रामप्यारे चौधरी, प्रेमकुमारी थारु र प्रकाशसिंह चौधरी रहेका छन् । उनीहरुको पद बाँडफाँड भएको छैन ।
अधिवेशनले देवीप्रसाद चौधरी, रामवली चौधरी, नरेशसिंह, चौधरी, खुशीराम चौधरी, पुनम चौधरीलाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।