newskoseli.Com

फरार अभियुक्त बुढा ७ वर्षपछि कर्‍याप्प

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात वर्ष पछि पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका– १०, दक्षिण अम्राईमा २०६८ असार २८ मा धारिलो हतियार प्रहार गरी ३६ वर्षीय टेकबहादुर घर्तीको हत्या गरेको अभियोगमा राप्ती गाउँपालिका– १, भालुबाङ घर भएका ३७ वर्षीय किरण भनिने कुमवीर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

घर्ती र बुढाले संयुक्त रुपमा दक्षिण अम्राईमा माछा र अल्लो धागोको व्यवसाय गर्दै आएकामा ३ लाख रुपैयाँको हिसाब नमिलेपछि घर्तीलाई बुढाले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको दाङका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिएका छन् ।

प्रहरीमा गोकर्ण गुरुङको नाममा किटानी जाहेरी परे पनि उनी दोषी नभएको भन्दै प्रहरीले थप अनुसन्धान गर्दै गर्दा प्रहरी निरीक्षक धनदेव साउदको कमान्डमा खटिएको टोलीले बुढालाई बागलुङको ढोरपाटन नगरपालिका– ९, बाट नियन्त्रणमा लिएर मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । घटनापश्चात् फरार बुढाले ढोरपाटनमा आलुखेती गर्दै आएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर