नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय कांग्रेस पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच शनिबार भेटवार्ता भएको छ ।
सो अवसरमा सिंह भारतको प्रधानमन्त्री भएका बेला नेपालसँग भएका समझदारी, छलफल र नेपालमा शान्ति प्रक्रियालाई अगाडि बढाउन उनको नेतृत्वको सरकारबाट भएको सहयोगप्रति अध्यक्ष प्रचण्डले धन्यवाद ज्ञापन गरे ।
नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माण भैसकेपछि विकास निर्माणतर्फ ध्यान केन्द्रित गरेकोप्रति नेता सिंहले खुसी व्यक्त गरे । भारतीय कांग्रेस पार्टी सरकारमा नभए पनि नेपालको विकास निर्माणमा आफूहरुको पूर्ण सहयोग रहने उनले विश्वास दिलाएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।