newskoseli.Com

लौ यस्तो पनि : श्रीमतीलाई थाहै नदिई सम्बन्ध–विच्छेद !

श्रीमान्–श्रीमतीको सहमतिमा सम्बन्ध–विच्छेद स्वाभाविक हो । तर, यहाँ श्रीमतीलाई थाहा नै नदिर्इ ‘सम्बन्ध–विच्छेद’ गरेको घटना सार्वजनिक भएको छ ।

आफूलाई थाहा नै नदिर्इ श्रीमानले सम्बन्ध–विच्छेद गरेको भन्दै सोमबार ५० वर्षीया मीनाकुमारी क्षेत्रीले स्याङ्जा जिल्ला अदालतमा उजुरी दिएकी छन् । उनले रुँदै भनिन्– ‘मलाई थाहा नै नदिर्इ कसरी सम्बन्ध–विच्छेद भयो ? मलाई न्याय चाहियो ।’

भीरकोट नगरपालिका– ३ निवासी श्रीमान् मोहनकुमार क्षेत्रीले जालसाजी गरेर सम्बन्ध–विच्छेद गराएको भन्दै मीनाकुमारीले अदालतमा ३ वटा मुद्दा दर्ता गराएकी छन् । उनले हक कायम गराउने, जालसाजी र गाली–बेइज्जतीका गरी ३ वटा मुद्दा दर्ता गराएको स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए ।

आफूलाई थाहा नै नदिर्इ सम्बन्ध–विच्छेद गरेकाले मुद्दा दायर गर्नुपरेको गुनासो गर्दै उनले भनिन्– ‘मलाई थाहा नै छैन, कसरी भयो सम्बन्ध–विच्छेद ? श्रीमानले कुटपिट गर्ने र खान–लाउन नदिर्इ राम्रो व्यवहार नगरेपछि माइतीको सहयोगमा पोखरा बसेर दुःख गरी २ छोरीलाई पढाउँदै आएकी छु ।’ छोरी कृष्टिले असार ११ मा जिल्ला अदालतमा अंश माग गर्दै मुद्दा दर्ता गर्दा मात्र सम्बन्ध–विच्छेद भइसकेको थाहा पाएपछि म श्रीमानविरुद्ध उत्रिन बध्य भएँ ।’

वि।सं। २०४४ मा आफूहरूको मागीविवाह भएकामा भारतीय सेनामा कार्यरत श्रीमानले वि।सं। ०४६ मा अर्की विवाह गरेको र त्यो विवाहलाई ढाकछोप गर्न आफूलाई सँगै भारत लगेको तथा करिव २ वर्ष भारतमा बसी एक छोरी जन्मिएपछि घर पर्किएको उनले बताइन् ।

घरमा आएपछि आफूलाई खान–लाउन नदिने र कुटपिट गर्ने गरेपछि माइतीको सहयोगमा पोखरा बस्दै आएकामा बिरुवा अर्चले– ६ का राजेन्द्र अधिकारीसँग वि।सं। २०५५ फागुन १३ मा अर्को विवाह गरेर गएको भनी झुठो विवरण बनाएर अदालतले स्वतः सम्बन्ध–विच्छेदको फैसला गरेकोे भन्दै मीनाकुमारीले यसबाट आफू अन्यायमा परेको बताइन् ।

बिरुवा अर्चलेका राजेन्द्र अधिकारीलाई आफूले अहिलेसम्म देख्दा पनि नदेखेको र चिन्दा पनि नचिनेकाले त्यस्तासँग बिहे गरेर गएको भनी आफूलाई झुठो आरोप लगाएर अपमान गरेको पनि उनले बताएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर