newskoseli.Com

बालगृहका ४६ जनालाई नगर प्रमुखले लगाइदिए टीका

उर्लाबारी नगरपालिका– ७ स्थित नमूना बालगृहमा आश्रित बालबलिकाले पनि शुक्रबार विजयादशमी मनाए ।

बालगृहमा आश्रित ४६ जना बालबालिकालाई नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिए । बालगृहमा रहेका बालबलिकामा पनि विजयादशमीको उत्साह ल्याउन टीका लगाइदिएको नगर प्रमुख फागोले बताए ।

२०५९ मा स्थापना भएको सो बालगृहमा देशका विभिन्न जिल्लाका ४६ जना बालबालिका आश्रित रहेको बालगृहकी अध्यक्ष मिनादेवी बरालले जानकारी दिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर