कपिलवस्तुको शिवराज नगरपालिका– १, बन्कसबासमा बन्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
आपसी झगडा हुँदा राति ११ बजे ४० वर्षीय वसन्त परियारले ३५ वर्षीया श्रीमती सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मजदुरी गरेर खाने परियारले मादक पदार्थ सेवन गरी झगडा गर्दै आएका थिए ।
आइतबार राति छोराछोरी सुतिसकेको समयमा उनले बन्चरो प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् । हत्यारा फरार रहेका छन् । उनको खोजी जारी रहेको वडा प्रहरी कार्यालयले जनाएको छ ।
शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ । मृतक परियारका दुई छोरा र एक छोरी रहेको राससले जनाएको छ ।