newskoseli.Com

मेलम्चीका गाडीहरू तत्काल फिर्ता गराउन मन्त्री मगरको कडा निर्देशन

मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका र अन्यत्र प्रयोग भइरहेका विभिन्नखाले सबै गाडीहरु तत्काल फिर्ता गर्न खानेपानी मन्त्री विना मगरले सम्बन्धित पक्षलाई कडा निर्देशन गरेकी छन् ।

मेलम्चीका गाडीहरू अन्यत्र प्रयोग भइरहेको भन्दै केही सञ्चार मध्यममा समचार आएपछि मन्त्री मगरले यस्ते निर्देशन दिएकी हुन् । सो समाचारप्रति खानेपानी मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै सोमबार मन्त्रालयमा बैठक नै राखेर मन्त्री मगरले त्यस्तो निर्देशन गरेको सचिवालयले जनाएको छ ।

आयोजनाका गाडीहरु अन्यत्र प्रयोग भएको समाचार आएपछि ती गाडीहरु फर्काउन मन्त्रालय गम्भीर भएको हो । मन्त्रालयमा सोमबार बसेको बैठक मेलम्चीको नाउँमा रहेका गाडीहरु फर्काउने प्रक्रियामा अघि बढ्ने निष्कर्ष निकालेको हो । राजनीतिक र अन्य प्रभावका आधारमा मेलम्ची खानेपानी आयोजनाका गाडी अन्यत्र प्रयोग भएको सन्दर्भमा खानेपानी मन्त्री मगरले यसअघि नै चासो दिएकी थिइन् ।

बुझिएअनुसार मेलम्चीका दुई वटा गाडी प्रधानमन्त्री कार्यालयमा प्रयोग भैरहेका छन् । बा १ झ ८९९५ नम्बरको ल्याण्डक्रुजर र बा १ झ ८७५९ नम्बरको प्राडो जिप प्रधानमन्त्री कार्यालयमा प्रयोग भैरहेका छन् । त्यसैगरी, बा ८ च ६७६० नम्बरको प्राडो जिप सहरी विकास मन्त्रालयले प्रयोग गरिरहेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणमा प्रयोग भइरहेको मेलम्ची आयोजनाको बा १ झ ८७६३ नम्बरको प्राडो गाडी र बा १ झ ५१८४ नम्बरको टोयोटा कोरोला कार समेत फिर्ता ल्याउन मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । त्यस्तै, सहरी विकास मन्त्रालयमा प्रयोग भइरहेको बा १ झ ७१९४ नम्बरको मारुती कार र क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा प्रयोग भइरहेको बा ४ च १५०३ नम्बरको गाडी समेत फिर्ता ल्याउने प्रक्रिया मन्त्रालयले अघि बढाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर