रक्तक्यान्सरको बिरामी भई उपचाररत एक बालकको उपचारका लागि युवाहरूले सहयोग गरेका छन् ।
बेंसीसहर नगरपालिका– ३, गाउँसहर, थुम्काडाँडाका ५ वर्षीय प्रशान्त मजाकोटीको उपचारका लागि जनज्योति युवा क्लबमा आबद्ध गाउँका युवाले देउसी–भैलो र सांस्कृतिक कार्यक्रममार्फत २ लाख ८५ हजार रूपैयाँ जुटाएका हुन् ।
क्लबका अध्यक्ष सञ्जय मजाकोटीका अनुसार सदरमुकाम बेंसीसहरमा गरिएको घरदैलो कार्यक्रममा ६१ हजार ९ सय ६०, छिमेकी गाउँमा खेलिएको देउसी–भैलोबाट ४३ हजार ४ सय ५० र गाउँमा आयोजित सांस्कृतिक कार्यक्रमबाट १ लाख ८० हजार गरी कूल २ लाख ८५ हजार ४ सय १० रूपैयाँ सङ्कलन गरिएको हो ।
काठमाडौंमा कोठा भाडामा लिएर बसी बिरामी छोराको उपचार गर्दै आएको बालककी आमा प्रमिला मजाकोटीले बताइन् । श्रीमानले विदेश (कतार) मा काम गरेर अहिलेसम्म उपचार खर्च जेनतेन धान्दै आएको उनले बताइन् । प्रमिला मजाकोटीका नाममा हिमालयन बैंक लिमिटेडमा रहेको खाता नम्बर ००२०७५८५७८००१८ मार्फत सहयोग रकम जम्मा गराइदिन उनले सहयोगी मनहरुमा आग्रह समेत गरेकी छन् ।
बालकको उपचारका लागि देश–विदेशबाट गरी हालसम्म २ लाख ४१ हजार रूपैयाँ सहयोग जुटेको जनज्योति क्लबलार्इ उद्धृत गर्दै राससले जनाएको छ ।