चौतर्फी नागरिक विरोधका वावजुद एउटा विदेशी धार्मिक एनजीओका कार्यक्रममा नेपालका सरकारी संयन्त्रहरुले अनौठो तमासा देखाइरहेका छन् ।
गृह मन्त्रालयले ४ दिन सवारी साधनमा जोर–विजोर प्रणाली लागू गरेर नागरिकलाई सास्ती दिएको छ भने सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (राससले) ले ५ दिनका लागि आफ्ना सम्पूर्ण समाचार–सामग्री निःशुल्क गरेको छ ।
राससले ‘एशिया प्रशान्त शिखर सम्मेलन’ का समाचार, तस्बिर र श्रब्य–सामग्री सबै समाचार माध्यमको सहज पहुँचका लागि आजदेखि खुला गरेको जनाए तापनि आफ्ना सबै सामग्री खुल्ने युजर नेम र पासवर्ड उपलब्ध गराएको छ ।
यस्तो छ राससको सूचना–
सूचना ! सूचना !! सूचना !!!
राष्ट्रिय समाचार समितिले यही मङ्सिर १३–१७ गते काठमाडौंमा हुने ‘एशिया प्रशान्त शिखर सम्मेलन’ का समाचार, तस्बिर र श्रब्य–सामग्री सबै समाचार माध्यमको सहज पहुँचका लागि आजदेखि खुला गरेको छ । ती सामग्रीका लागि निम्नलिखित युजर नेम र पासवर्ड प्रयोग गर्नुहुन अनुरोध छ–
Website : rss.com.np
username : rss
password : rss