newskoseli.Com

टुंगोमा पुग्दै नेकपाको एकता : शनिबार बस्दै स्थायी कमिटीको बैठक

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले दिएका छन् । बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम–कारबाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने जानकारी उनले दिएका छन् ।

स्थायी कमिटीको बैठक यसअघि असारमा बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएदेखि लामो समयसम्म स्थायी कमिटीको बैठक नबस्दा नेतृत्वको आलोचना हुँदै आएको थियो । स्थायी कमिटीको बैठक नबस्दा पार्टी एकीकरण प्रक्रिया समेत लम्बिएको छ ।

सचिवालयको बैठकबाटै प्रदेश कमिटीलाई पूर्णता दिइसकिएको छ । शनिबार बस्ने स्थायी कमिटीको बैठकले जनवर्गीय सङ्गठनहरु र पार्टीको जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पुर्‍याउने राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर