गोरु काटेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिकाबाट प्रहरीले शुक्रबार १० जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका– ३ का राजेश खड्गी, राजेन्द्र खड्गी र आशिष खड्गी, धरान– ११ का अनिल शाही र अनिष शाही, सुनसरीको भोक्राह नर्सिङ– ३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरी रहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चार वटा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको फुयालले बताएको राससले जनाएको छ ।