newskoseli.Com

खाद्य सामग्रीमा अखाद्य पदार्थ मिसाउने ७९ उद्योगमाथि मुद्दा

खाद्य सामग्रीमा अखाद्य वस्तु मिसावट गरी उत्पादन तथा बिक्रीवितरण गर्ने ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले मुद्दा दायर गरेको छ ।

४ महिना यता (२०७५ साउनदेखि कात्तिकसम्म) विभिन्न ठाउँमा गरिएको अनुगमन तथा खाद्य वस्तुको परीक्षण गर्दा दूषित एवम् अखाद्य वस्तु मिसावट गरिएको आरोपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ ।

खाद्य अनुसन्धान अधिकृत आकाश काफ्लेका अनुसार बारा, पर्सा, मकवानपुर, सर्लाही, चितवन र रौतहटका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको सङ्कलित नमूनामा जाँच गर्दा कमीकमजोरी पाइएकाले मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएका ७९ वटा उद्योगमा दुग्धपदार्थ, चियाकफी, तेल, घ्यु, पानी, दालदलहन तथा दानालगायतका खाद्य पदार्थका उद्योगी–व्यारी रहेका छन् ।

अनुगमन, निरीक्षणका साथै चेतनामूलक कार्यक्रम गरी कार्यालयले उद्योगी–व्यवसायी तथा सर्वसाधारणलाई नियमित रुपमा सचेत गराउँदै आएको छ । आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न ठाउँबाट सङ्कलन गरी ल्याइएको खाद्य पदार्थको जाँच गर्दा कमीकमजोरी भेटिएका वा पाइएका १ सय १९ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमाथि समेत सो कार्यालयले मुद्दा दायर गरेको कार्यालयबाट उपलब्ध विवरणमा उल्लेख छ ।

कार्यालयले सो अवधिमा अनुज्ञापत्र नवीकरणबाट ६ लाख २४ हजार तथा अनुज्ञापत्र जारी र विविध कामबाट २ लाख २८ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर