newskoseli.Com

पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी

श्रम तथा रोजगार मन्त्रालयले पुस १५ देखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ ।

मन्त्रालयले एक पटक विदेशबाट आएकाको हकमा सात वटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय बमोजिम पुस १५ देखि सेवा सुरु हुनुपर्नेमा प्रदेश– २ को श्रम कार्यालयमा भने तयारी देखिएको छैन ।

मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दी बमोजिमका कर्मचारी समेत कार्यालयमा आइपुगेका छैनन् । सेवा सुरु गर्न उपसचिवसहित कम्तिमा १४ कर्मचारी आवश्यक हुन्छ । श्रम कार्यालय जनकपुरमा एक जना कार्यालय सहयोगीसहित जम्मा तीन कर्मचारी कार्यरत छन् ।

समयमै सेवा सुरु गर्न आन्तरिक तयारी भइरहेको श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताए । जनशक्ति, प्रशिक्षण र प्रविधि जडानको गृहकार्य भइरहेको जानकारी उनले दिए । उनले भने– ‘पुस १५ देखि सेवा सुरु गर्न सकिने अवस्था हेरेर नै समयसीमा तोकिएको हो र सोही बमोजिम तयारी भइरहेको छ ।’

श्रम कार्यालय जनकपुरका प्रमुख मनोजकुमार यादवले श्रम स्वीकृतिको काम प्रविधिमार्फत हुने हुनाले प्रविधि जडानसँगै काम सुरु गर्न समय नलाग्ने उनले बताए । तोकिएको समयबाट नै सेवा सुरु हुने उनले बताए । दुई जना शाखा अधिकृत आउने तरखरमा रहेको जानकारी नायब सुब्बा रमेशकुमार दासले दिएको राससले जनाए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर