newskoseli.Com

जनयुद्धका घाइते–अपांगले तोडे अनसन : के–के भयो सहमति ?

विभिन्न माग राखेर केही दिनदेखि अनसन बस्दै आएका जनयुद्धका घाइते तथा अपाङ्ग र गृह मन्त्रालयबीच सोमबार सहमति भएको छ ।

मन्त्रालय र अनसनकारीबीचको छलफलमा चारबुँदे सहमति भएपछि मङ्सिर २७ देखि चलेको अनसन तोडिएको हो । छलफलका क्रममा अनसन टुङ्ग्याउने, थुनामा रहेका युवराज विकलाई तत्काल रिहा गर्ने, गम्भीर घाइते तथा तत्काल उपचार गर्नुपर्ने घाइते–अपाङ्गको उपचार तत्कालै सुरु गर्ने र नेपाल मेडिकल बोर्डले बाहिर लगेर उपचार गर्न सिफारिस गरेकालाई उपचारका लागि पहल गर्ने सहमति भएको छ ।

उनीहरुको अनसन र उपचारको क्रममा लागेको खर्च सरकारले व्यहोर्ने, उनीहरुका अन्य मागका सम्बन्धमा सरकारलाई सिफारिस गर्न गृह मन्त्रालय, जनक्रान्तिका घाइते–अपाङ्ग योद्धा सङ्घका प्रतिनिधि र कानुनविज्ञ सम्मिलित कार्यदल गठन गर्ने सहमति भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिवेदन तयार पार्न कार्यदललाई तीन महिनाको समय दिइएको छ । छलफलमा गृह मन्त्रालयका तर्फबाट सहसचिव ईन्दु घिमिरे र अनसनरत पक्षका तर्फबाट पदमराज परियार, प्रेमराज गिरी, नरबहादुर रोका, चन्द्रप्रकाश विक र पार्वती पुन सहभागी थिए । सहमतिपछि उनीहरुले सोमबारै अनसन तोडेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर