newskoseli.Com

उपभोक्ता ठग्ने ३ पेट्रोलपम्प सञ्चालकहरूमाथि कारबाही : ३ महिना कैद र १० जरिवाना

पेट्रोलियम पदार्थको बिक्रीवितरण एवं परिमाणमा अनियमितता गर्ने तीन पेट्रोल पम्प कारबाहीमा परेका छन् ।

वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचका क्रममा उपकरण बिगारेर २० मिलीलिटरदेखि ४ सय मिलीलिटरसम्म पट्रोलियम पदार्थ कम गरी बेच्ने गरेको पाइएकाले ती पम्पका सञ्चालकलाई जनही तीन महिना कैद १० हजार रूपैयाँ जरिवाना गरिएको हो ।

कारबाहीमा परेका पम्पमा कलैया– १३ को विजय आयल स्टोर्स, कलैया– १४ को मोहम्मद आयल स्टोर्स र कलैया बधवनको शिवशङ्कर ट्रेडर्स रहेको जानकारी कार्यालय प्रमुख शशीप्रसाद यादवले दिए । कार्यालयले चितवन, मकवानपुर, बारा, रौतहट र पर्सा जिल्लाका पम्पमा गरेको अनुगमन तथा विशेष जाँचमा सो अनियमितता पाइएको हो ।

असोज १८ देखि पुस १ सम्म निरन्तर ४२ वटा पम्पमा गरिएको जाँचका क्रममा ती तीन पम्पमाथि कारबाही गरिनुका साथै प्रवीण आयल स्टोर्स रौतहट, अमित आयल स्टोर्स कलैया, बारा गजभवानीपुरको जयविकास आयल स्टोर्स, बाबा आयल ट्रेडर्स सिमरा र अनवर पेट्रोलियम डिस्ट्रिब्युटर्स पिपरारी बारामाथि पानि कारबाही अघि बढाइएको उनले बताए ।

व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानबाट उत्पादित तथा बिक्रीवितरण गरिएका खाद्य सामग्रीमा समेत कार्यालयले गुणस्तर जाँच र अनुगमन प्रक्रिया अगाडि बढाएको जानकारी प्रमुख यादवले दिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर