झापाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले २ सय २३ ग्राम खैरो हेरोइन सहित चार जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका– ५ बाट पाँचथर घर भई दमक– ६ मा डेरा गरी बस्ने ३६ वर्षीय सङ्ग्राम लिम्बूलाई शनिबार दिउँसो ३१ ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
लिम्बूको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका– १० मा डेरा गरी बस्दै आएका ४२ वर्षीय भीमबहादुर अधिकारी, उनकी श्रीमती ३८ वर्षीया ओममाया खतिवडा अधिकारी र साली कचनकवल– २ की ३६ वर्षीया रेवतीमाया डाँगीलाई पक्राउ गर्नुका साथै उनीहरुको साथबाट २ सय २ ग्राम हेरोइन समेत बरामद गरिएको छ ।
उनीहरुले लागूऔषध बिक्री–वितरण गर्ने गरेको खुलेको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी प्रमुख ढकालले बताएको राससले जनाएको छ ।