newskoseli.Com

गरिबी निवारण कोषले गर्‍यो कर्मचारीको बिदाई

गरिबी निवारण कोषमा लामो समयदेखि करारमा कार्यरत ५७ जना कर्मचारीलाई एकैसाथ बिदाई गरियो ।

कोषलाई पुनर्संरचना गर्ने सरकारको नीतिबमोजिम सोमबार कोषका उपाध्यक्ष निर्मल भट्टराई र कार्यकारी निर्देशक रहेका नेपाल सरकारका सहसचिव छवि रिजालले एक समारोह आयोजना गरेर सबै कर्मचारीलाई सबैलाई बिदाई गरेका हुन् । उपाध्यक्ष र निर्देशकले कर्मचारीहरुलाई कदरपत्र, मायाको चिनो र नेपाली खादा प्रदान गरी बिदाई गरे ।

बिदाई कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टराईले भने– ‘नयाँ राजनीतिक, आर्थिक र सामाजिक परिवेशमा गरिबी निवारणसँग सम्बन्धित समग्र कार्यक्रमको पुनर्संरचना गर्नुपर्ने भएकाले कोषको पुनर्संरचना थालिएको हो । बाहिर हल्ला भएजस्तो गरिबी निवारण कार्यक्रम बन्द भएको छैन, झन् प्रभावकारी ढंगले नयाँ स्वरुपमा सञ्चालन हुनेछ ।’

बिदाई हुने कर्मचारीको तर्फबाट सो समारोहमा बोल्दै सुनिल रिजाल र केशव ढुंगेलले कोषमा आफ्नो सेवा निरन्तर हुन नसके पनि कोषले गरिबलाई गरिरहेको सेवा निरन्तर रहोस् भन्ने शुभेच्छा व्यक्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर