newskoseli.Com

वैशाखदेखि उपत्यकामा गुड्दै ३ सय वटा बिजुली बस

नयाँ वर्ष (वैशाख) देखि उपत्यकामा ३ सय वटा बिजुली बस सञ्चालनमा ल्याउने सरकारले जनाएको छ ।

वायु प्रदूषणको मार झेलिरहेको काठमाडौंमा सरकारले ३ सय वटा विद्युतीय बस चलाउने भएको हो । यसअघि नै मन्त्रिपरिषदको बैठकबाट सरकारले आफ्नै लगानीमा कम्तिमा ३ सय वटा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले दिएका थिए ।

पुराना सवारी साधनका कारण प्रदूषण बढिरहेको भन्दै विज्ञहरूले वातावरण‍मैत्री ठूला सवारी साधनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको भन्दै वैशाखदेखि सञ्चालनमा ल्याउने जानकारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले दिएको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर