१६ दिनदेखि बेपत्ता रहेका अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. २ का जननिर्वाचित वडाअध्यक्षको खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन् ।
बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी १६ दिनदेखि बेपत्ता रहेका विनोद भनिने विष्णु भुसालको खोजी गरी सार्वजनिक गर्न परिवारजनले आग्रह गरेका हुन् । ‘सन्धिखर्कमा काम छ’ भनी घरबाट हिँडेका भुसालको अहिलेसम्म कुनै खबर नआएको उनका दाजु जीवलालले बताए । भाइ हराएपछि पुस ४ मै प्रशासनमा निवेदन दिए पनि अहिलेसम्म कुनै पहल नभएको गुनोसो उनले गरे ।
‘अर्घाखाँचीको सदरमुकाम जान्छु भनेर पुस २ गते बिहान घरबाट निस्केको थिए,’ दाजु विष्णुले भने– ‘सन्धिखर्क गुन्टेखोलास्थित मोटरसाइकल ग्यारेजमा मोटरसाइकल मर्मत गर्न दिएर कपिलवस्तुको गोरूसिङ्गे जान्छु भनेर हिँडेको जानकारी भयो तर अहिलेसम्म उनको अवस्था अज्ञात छ ।’
उनका अनुसार फोन गर्दा उनको मोबाइल कपिलवस्तु वनगाईमा रहेकाा एक बस चालकले उठाए । गाडीमा खसाइएको कसैको मोबाइल आफूले भेटेको ती चालकले बताए । ४१ वर्षीया विनोद तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएको राससले जनाएको छ ।